प्रधानमन्त्री धनगढीमा, बिपिन जोशीका बुवा आमासँग विमानस्थलमै भेट


कैलाली – प्र्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी आइपुगेका छन् ।

धनगढी कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न आएका प्रचण्डले धनगढी विमानस्थलमा इजरायलमा हमासद्वारा बन्दी बनाईएका नेपाली विद्यार्थी विपिन जोशीका बुवाआमासँग कैलाली विमानस्थलमा भेट गरेका छन् ।

आगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७ औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । महोत्सवको शुक्रबार दिउँसो साढे १२ बजे औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहाल शुक्रबार बिहान बुद्ध एयरको विमानमार्फत धनगढी आएका छन् भने साँझ काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया