न्यायधिश राईले गुमाए कारागारभित्रै ज्यान


सुनसरी – सुनसरीको झुम्का कारागारमा एक कैदीको शंकास्पद मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका खोटाङको साकेला गाउँपालिकाका ४२ वर्षीय न्यायधिश राईको शनिबार बिहान ३ बजे कारागारमा मृत्यु भएको हो ।

पत्नी हत्याको आरोपमा कर्तव्य मुद्दामा कैद भुक्तान गरिरहेका उनी इटहरी उपमहानगरपालिका ४ मा डेरा गरी बस्दै आएका थिए । राईका आफन्तहरूले कारागारभित्रै कुटेर हत्या गरेको आरोप लगाएका छन् ।

मृतक राईका दाई सुभाषले भाइको शरीरभरी निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले उनको हत्या गरिएको आरोप लगाए । तर यता झुम्का कारागारका प्रमुख धुब्रराज कोइरालाले जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको दाबी गरे ।

पीडित पक्ष न्याय र क्षतिपूर्ति नदिएसम्म शवको पोस्टमार्टम गर्न नदिने र शव नबुझ्ने अडानमा छन् । घटनाबारे छानबिन सुरु गरेको सुनसरी प्रहरीले जनाएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया