टिकटक स्टारको गोली हानेर हत्या


काठमाडौं- इराकी टिकटक स्टार घुफ्रान सावादीको गोली हानी हत्या भएकाे छ ।  उम फहाद भनेर टिकटकमा चर्चित उनको शुक्रबार राति गोली हानेर हत्या गरिएको हो ।

उनलाई बगदादस्थित आफ्नै घरबाहिर गोली हानिएको थियो ।

पूर्वी बगदादको जायोउना क्षेत्रमा भएको घटना सर्भिलियन्स क्यामरामा कैद भएको छ र सामाजिक सञ्जालमा सेयर भएको छ । भिडिओमा मोटरसाइकल चढेर आएका एक बन्दुकधारीले सावादीलाई गोली हानेको र घटनास्थलमै उनको मृत्यु भएको देखिन्छ ।

घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया