रास्वपाका मिलन लिम्बूसहित १६ उम्मेदवारको धरौटी जफत


काठमाडाैं- प्रतिनिधि सभा सदस्यको लागि इलाम- २ मा भएको उपनिर्वाचनमा १६ उम्मेदवारको धरौटी जफत भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलका सहित स्वतन्त्र उम्मेदवार समेत १६ जनाको धरौटी जफत भएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको दफा ७१ मा कुल सदर मतको १० प्रतिशत मत नपाएका उम्मेदवारको धरौटी फिर्ता नहुने व्यवस्था छ। उपनिर्वाचनमा कुल ६८ हजार ४७२ मत सदर भएको थियो । सदर मतको १० प्रतिशत (६ हजार ८४७ मत) ल्याउन नसेकका उम्मेदवारले राखेका जनहीरु १० हजार जफत भएको हो ।

वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५०, राप्रपाका लक्ष्मी गुरुङले ४०४ र एकीकृत समाजवादीका जीतबहादुर राईले ४०८ मत प्राप्त गरे। त्यस्तै नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जीले ३३, राप्रपा नेपालका गणेशबहादुर चौहानले ४३, जनमत पार्टीका प्रेमबहादुर थाम्सुहाङले ११८ मत ल्याएका थिए ।

इलाम-२ बाट  एमालेका सुहाङ नेम्वाङले २७ हजार ७७२ मत ल्याएर विजयी भएका छन् ।  उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ तथा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत ल्याएका थिए ।

प्रतिक्रिया