लण्डनमा एकजनाले अन्धाधुन्ध तरबार प्रहार गरे, एकजनाको मृत्यु ४ घाइते


काठमाडौं- लण्डनमा एक व्यक्तिले कैयौं मानिसमाथि धारिलो हतियार प्रहार गरेका छन् ।  मंगलबार बिहान भएकाे घटनामा ५ जना घाइते भएका थिए ।

घाइतेमध्ये एक १४ वर्षीय बालक पनि रहेको र उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य चार जना घाइते हुनेमा दुई जना सर्वसाधारण र दुई प्रहरी अधिकारी रहेका छन् । सूचना पाएको २२ मिनेटभित्रै आक्रमणकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया