पत्नी बिस्तरामा र पति भर्याङमा मृत फेला
कपिलवस्तु- कपिलवस्तुको बाणगंगामा पति-पत्नी मृत फेला परेका छन् । बुधबार बाणगंगा-८ को ढोडेकोलमा करिब ५६ वर्षकी जुठी भुषाल र करिब ६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् ।
महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेकाे प्रहरीले जनाएकाे छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेकाे बताइएकाे छ ।