जेल परेका मान्छे छुटाइदिन्छु भन्दै १७ लाख माग्ने खाेरमा


बारा- कारागारमा रहेकाहरूलाई छुटाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–२३ बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेललाई प्रहरीले पक्राउ गरेकाे हाे ।

पटेलले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागार कार्यालय पर्सामा रहेका एक व्यक्तिसँग १० लाख रुपैयाँ लिएका थिए । त्यस्तै, उनले जबरजस्ती करणी मुद्दाको पुर्पक्षमा रहेका अर्का व्यक्तिसँग पनि ७ लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।

पुर्पक्षमा रहेका व्यक्तिहरूको आफन्तले दिएको जाहेरीको आधारमा पटेललाई गत वैशाख ४ गते पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने जानकारी दिए ।

पटेलमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया