सन्दीपको भावनात्मक स्टाटस, ‘म षडयन्त्रको शिकार भएँ, षडयन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले आशिष दिउन्’


काठमाडौं — क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको बताएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

उनले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताए । उनले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्यांकन गर्ने उल्लेख गरेका छन् । साथै लामिछानेले सत्यतथ्य सबैकुरा समयसँगै बाहिर आउने उल्लेख गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज मात्रै आसन्न टी—२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो । तर उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधिन रहेका कारण सन्दीप टोलीमा परेनन् ।

उनले अंग्रेजीमा लेखेका छन्, I refrained myself from long to post. I have no doubt that I am a victim of conspiracy. May God bless them all who played their roles in this conspiracy. I leave everything up to God. Time will tell the truth unless revealed.

(मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशिष दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ।)

प्रतिक्रिया