कोरोना खोप ‘कोभिशिल्ड’ले गम्भीर असर गर्नसक्ने, नेपालमा दिइएको थियो २२ लाख डोज


काठमाडौं– कोरोनाकाे  खोप कोभिशिल्डले  गम्भीर खालको असर पनि गर्नसक्ने औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले स्वीकार गरेको छ ।

कोभिशिल्ड नामक कोरोना भ्याक्सिन निर्माण गर्ने एस्ट्राजेनेकाले आफूले बनाएको खोपले मानिसमा केही ‘साइड इफेक्ट’ हुन सक्ने स्वीकार गरेको द टेलिग्राफले लेखेको छ ।  त्यो खोप लिएका केही व्यक्तिमा रगत जम्ने (टीटीएस) सम्भावना हुनसक्ने कुरा कम्पनीले स्वीकार गरेको खबरमा बताइएकाे छ । उक्त खोपले रगत जम्ने गम्भीर र दुर्लभ जोखिम बढाउन सक्छ भन्ने कुरा अदालतका कागजातहरूमा पहिलो पटक स्वीकार गरिएकाे हाे ।

कोरोना महामारीका बेला  विश्वका धेरै कम्पनीहरूले कोभिड भ्याक्सिन बनाएका थिए । तीमध्ये एक बेलायती–स्वीडिस बहुराष्ट्रिय औषधि कम्पनी एस्ट्राजेनेका पनि थियो ।

कोभिशिल्डको प्रयोगले मृत्यु पनि भएको र गम्भीर असर गरेको भन्दै औषधि उत्पादक कम्पनीविरुद्ध बेलायतको उच्च अदालतमा करिब ५१ मुद्दा दायर भएका छन् ।

नेपालमा कोभिशिल्डको २२ लाख भन्दा बढी डोज प्रयोग भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । नेपालले ती कोभिशिल्डको खोप भारतबाट किनेको थियो ।

प्रतिक्रिया