नेपालले पहिले फिल्डिङ गर्ने


काठमाडौं – नेपालले चौथो टी-२० खेलमा वेस्टइन्डिज ‘ए’विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिजका कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् ।

पाँच खेलको सिरिज २/१ को अवस्थामा छ । नेपालले शृंखला हात पार्नका लागि आजको खेलमा जित हात पार्नै पर्छ ।

यसअघि हिजोको खेलमा नेपाल ७६ रनले पराजित भएको थियो ।

आज नेपाली टिममा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल र आसिफ सेख टिममा फर्किएका छन् ।

नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी ।

त्यस्तै वेस्ट इन्डिज ए ले भने तेस्रो खेलमा खेलेकै टिम खेलाएको छ ।

प्रतिक्रिया