भारतमा दुर्घटनामा परी एक नेपालीकाे मृत्यु


काठमाडाैं- भारतको ब्याङ्लोरमा सवारी दुर्घटनामा परी एक नेपाली नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनपुरकाे भीमदत्त नगरपालिका-२ का ५२ वर्षीय गुणानन्द जोशी रहेका छन् ।

रोजगारीको सिलसिलामा ब्याङ्लोर पुगेका जोशीको दुर्घटनामा मृत्यु भएको हो । उनको शव ब्याङ्लोरकै एक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया