‘बोक्सीको घर’ले ६ दिनमा कति कमायो ?


काठमाडौं- फिल्म ‘बोक्सीको घर’का निर्माताले कमाइ सार्वजनिक गरेका छन् ।  बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूले फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको बताए ।

‘बोक्सीको घर’ एक करोड भन्दा कम लागतमा निर्माण भएको निर्माताले जानकारी दिए ।

सुलक्षण भारतीको लेखन एवं निर्देशन रहेको ‘बोक्सीको घर’ मा केकीसहित सुपला सापकोटा, स्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल, सबिन बास्तोलालगायतको अभिनय छ । निर्देशक भारती स्वयंले पनि अभिनय गरेका छन् ।

 

प्रतिक्रिया