बझाङमा १ बजेबाट मतगणना हुने


बझाङ- उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ ।

भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

मतपेटिका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो ।

उच्च हिमाली क्षेत्रका मतपेटिका आइतबार हेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याएपछि सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गर्न लागिएको हो ।

 

प्रतिक्रिया