पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया


काठमाडाैं- पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थपलियालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

थपलिया पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व डिन हुन् । उपकुलपति सिफारिस गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा गठित छनोट तथा सिफारिस समितिले थपलियासँगै महेशराज दाहाल र देवीप्रसाद भट्टराईको नाम सिफारिस गरेको थियो।

 

प्रतिक्रिया