‘कर्णालीमा कांग्रेस संगठन सुदृढ’का लागि नेता शाहीको यात्रा निरन्तर, जिल्लाहरूमा भव्य स्वागत


सुर्खेत – कर्णालीमा नेपाली कांग्रेसको संगठन सुदृढ यात्रामा रहेका नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीलाई बिभिन्न जिल्लामा भव्य स्वागत गरिएको छ ।

नेपाली कांग्रेसलाई सशक्त, सवल, लोकप्रिय, बलियो र गतिशील पार्टी निर्माणका लागि सल्यान कपुरकोटदेखी हुम्ला सिमिकोटसम्मको पार्टी संगठन सुदृढ यात्रा थालेका शाहीलाई सल्यान, रुकुम, डोल्पा, जाजरकोट, दैलेख पुग्दा त्यहाँका पार्टी सभापति, पदाधिकारी,  महासमिति सदस्य,  महाधिवेशन प्रतिनिधि, जिल्ला र स्थानिय तहलगायतका कांग्रेस नेता तथा कार्यकताहरुले भव्य रुपमा स्वागत गरेका हुन् ।

यही चैत्र २ गते बाट सल्यानको कपुरकोटमा संगठन सुदृढ यात्राको पहिलो कार्यक्रम गरी कर्णालीमा संगठन सुदृढ यात्रा सुरुवात गरेका नेता शाहीले कांग्रेसको गौरवशाली इतिहास कायम गर्नका लागि अनुभवी पुस्तालाई सम्मान गर्दै वर्तमान पुस्ताको उर्जालाई अभिबृद्धि गर्न यात्रा केन्द्रीत रहेको बताए ।

अभियानको सुरुवात गरेको सल्यान जिल्लामा नेपाली कांग्रेस सल्यानका सभापति केशबहादुर बिष्ट, कुसे गाँउपालिका उपाध्यक्ष देविका सिंह, चुर्न बहदुर केसी, मनराज शाहीलगायतको टोलीले जिल्लाका विभिन्न स्थानिय तहसम्म पुगेर भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

सल्यान, रुकुमपश्चिम, डोल्पा, जाजरकोट हुँदै दैलेख पुगेका युवा नेता शाहीले कर्णालीको समग्र विकास र समृद्धिका लागि कर्णाली प्रदेश र मुलुकमा कांग्रेसकै सरकार निर्माण गर्ने गरी जनमत निर्माण जरुरी रहेको बताए ।
यात्राका क्रममा नेपाली कांग्रेसको अग्रज पुस्तादेखी युवा पुस्तासम्म सबै तहका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट, अन्तरक्रिया गरी पार्टीमा नयाँ उर्जा र भरोशा थपिने उनले बताए ।

उनले भने, ‘यो अभियान पार्टीलाई जनतासँग र जनतालाई पार्टीसँग जोड्ने पुलको रुपमा काम गर्नेछ । प्राय सबै तहका नेताहरु चुनाव र अधिवेशनका बेला मात्र गाँउ केन्द्रीत हुन्छन् । अधिवेशन सकिय पछि पार्टिमा निस्क्रियता र शिथिल्ता छाउँछ तर म कर्णाली प्रदेशमा सभापतिको प्रत्यासी हुनुको नाताले आफ्नो दायित्वबोध गरी पार्टिलाई चलायमान बनाउन संगठन सुदृढ यात्रा थालेको हुँ । यो कुनै बिचार समुहमा केन्द्रीत होईन, सिंगो पार्टी र आम नागरिकहरुलाई राजनीतिप्रतिको आशा देखाउनु पनि हो ।’

नेता शाहीले भने, ‘अहिले गुटबन्दी गर्ने बेला होइन, काङ्ग्रेसबिरुद्ध घेराबन्दि भएकाले सबै काङ्ग्रेस एक जुट भएर प्रतिवाद गर्नुपर्छ।’

प्रतिक्रिया