काभ्रेको महाभारतबाट भरूवा बन्दुकसहित घलान पक्राउ


काभ्रे – महाभारत गाउँपालिका-७ गैरी टोल बस्ने २५ वर्षीय प्रेम कुमार घलानलाई १ नाल भरूवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

प्रेमले आफ्नै श्रीमतीलाई मादक पदार्थ सेवन गरी भरूवा बन्दुक देखाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देबिटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया