युएईविरुद्ध नेपालको खराब क्रिकेट, गुमायो सातौं विकेट


काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले खराब सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए पनि अन्य खेलाडीले निराशाजनक प्रदर्शन गर्दा नेपालले खराब क्रिकेट खेलेको हो । जोरा ५० रन बनाएर आउट भए ।

नेपालले १५.३ ओभरमा सोमपाल कामीलाई गुमाउँदा ७ विकेटको क्षतिमा ८९ रनमात्र बनाएको छ ।

सन्दीप बाहेक नेपालका लागि कुशल भुर्तेल शुन्य, आशिफ शेख ८, रोहित पौडेल ५, कुशल मल्ल ३, दिपेन्द्र सिंह ऐरी ५, सोमपाल कामी २ रनमा आउट भए ।

अहिले गुल्सन झा र करण केसी मैदानमा छन् । झाले १० रन बनाएका छन् ।

प्रतिक्रिया