स्वर्गद्वारी पुगे एमाले अध्यक्ष ओली


प्यूठान — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्यूठान आइपुगेका छन् । २९ वर्षपछि प्यूठान आएका ओली स्वर्गद्वारी आश्रम मन्दिर पुगेर दर्शन साथै र पूजाआजामा सरिक भएका छन् ।

एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने छन् ।

त्यसपछि स्थानीयसँग बिजुवारमा भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम तय छ ।

यसअघि असोज १६ गते प्यूठान आउने तय भएकोमा खराब मौसमका कारण कार्यक्रम स्थगित गरिएको थियो ।

प्रतिक्रिया