लुम्बिनीको मुख्यमन्त्रीमा महराको दाबी पेस


रुपन्देही – लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले दाबी पेस गरेका छन्।

मुख्यमन्त्रीको दावी गर्दै माओवादी संसदीय दलका नेता महाराले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएर इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो ।

शुक्रबार महराले प्रदेश प्रमुख शेरचनलाई बहुमत सदस्यको हस्ताक्षर बुझाएका हुन् । महरालाई एक स्वतन्त्रसहित ४४ जना संसादको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया