लुम्बिनी प्रदेश कांग्रेस प्रथम सम्मेलन यही १६ र १७ मा 


रुपन्देही — लुम्बिनी प्रदेश नेपाली कांग्रेसको प्रथम सम्मेलन बुटवलमा हुने भएको छ ।

सम्मेलन यही मंसिर १६ र १७ गते हुने प्रदेश सभापति अमरसिंह पुनले जनाए । सम्मेलनको उद्घाटन सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा गर्ने भएका छन् । सम्मेलनमा देउवासहित शीर्ष नेताहरू आउने कार्यक्रम तय भइसकेको छ ।

प्रथम सम्मेलन भएकाले पनि प्रदेशका १२ वटै जिल्लाबाट विशेष सहभागिता रहने जनाइएको छ ।

कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाका अनुसार उद्घाटन कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति तथा उपप्रधान रक्षामन्त्री पूर्णबहादुर खड्का, संसदीय व्यवस्था तथा कानून मन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु डा. चन्द्रकान्त भण्डारी, दीपक गिरी लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया