लुम्बिनीका नवनियुक्त २ मन्त्रीले आज शपथ लिँदै


दाङ – लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका सरोज थापा र माओवादीका सांसद कृष्णा केसीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीहरुको आज बिहान ९ बजे सपथ हुन लागेको हो । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा उनीहरुको सपथ हुने बताइएको छ ।

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन् ।

दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन ।

प्रतिक्रिया