राजधानीमा नवौं बिल्डकन एक्स्पो सुरू


काठमाडौं – नवौं बिल्डकन एक्स्पो सुरू भएको छ। काठमाडौंको भृकुटिमण्डपमा बिहीबारदेखि बिल्डकन एक्स्पो सुरू भएको छ ।

नेपाल, भारत र चीनका निर्माण सामाग्रीहरुको उत्पादक उद्योग, निर्यातक तथा डिलरहरुको उपस्थिति रहेको उक्त एक्स्पोमा नेपालका विभिन्न कम्पनीहरुले सहभागिता जनाएका छन् ।

आइतबारसम्म चल्ने एक्स्पोमा निर्माण मेसिनरी, हेभी इक्विपमेन्ट, अपार्टमेन्ट आउटलेट, वास्तुकला, ढोका र झ्यालहरू, पाइप, घर सजावटका सामग्री लगायत निर्माणका ‍आवश्यक सामग्रीहरू प्रदर्शन गरिएको छ।

नेपाली निर्माण सामग्री र प्रविधिको जानकारी दिने उद्धेश्यले एक्स्पोको आयोजना गरिएको हो। एक्स्पोको उद्घाटन अर्थमन्त्री प्रकाशरण महतले उद्घाटन गरेका थिए ।

एक्स्पोमा  कजरियाको टाइल, फोर्नाट, यूपीभीसीका झ्याल, ढोका, जल बाथ फिटिङ, स्टोन कोटेज रुफिङ, आल्मूनियमका भ्mयाल ढोका, लिफ्टलगायतका सामाग्रीको अवलोकनका लागि ग्राहकहरुको रुची रहेको एक्स्पोमा स्टल रहेको वेदालयकी कर्मचारीले जनाइन् ।

प्रतिक्रिया