बजारको अंगुर विषादीले भरिपूर्ण, कसरी धुने ?


बजारमा मिठो पाकेको अंगुरमा सबैको आकर्षण हुन्छ तर अत्याधिक रसायनको मिसावटका कारण कति अंगुर सेवन गर्नै नमिल्ने अवस्थामा रहेका छन् ।

१२ थरिका विभिन्न फलफूलमा बेलायतमा गरिएको एक अनुसन्धानले अंकुरित भएदेखि पाकुन्जेलसम्म १ केजी अंगुरमा सबैभन्दा धेरै करिब १७ थरिका किटनासक रसायन र सुकेको अंगुरमा २५ थरिका किटनासक प्रयोग भएको पाइएको हो ।

एक तिहाई अंगुर स्वास्थ्यको दृष्टिकोणले सेवन गर्नै नमिल्ने अवस्थामा बजारमा बिक्री भएको पाइएको छ ।

सादा पानीले मात्रै पखाल्दा अंगुरमा भएको विषादी पखालिँदैन । त्यसैले हरेक पटक अंगुर खानु अघि राम्रोसँग यसलाई सफा गर्न जरुरी छ । यसो गर्दा विषादी सेवनका कारण शरीरलाई हुन सक्ने क्षतिबाट बच्न सकिन्छ ।

यसरी सफा गर्नुस्  अंगुर

एउटा ठूलो भाँडामा अंगूर राख्नुस् अनि पानी हाल्नुस् । अब यसमा २ चम्चा डिस्टिल्ड भिनेगर वा एप्पल साइडर भिनेगर हाल्नुस् । अंगुरलाई यो घोलमा घुमाउनुस् अनि १० मिनेटसम्म भिजाएर राखिदिनुस् । पानी निकानेर फ्याक्नुस् अनि अंगूरलाई चिसो पानीले राम्ररी धुनुस् । अब यो खानको लागि पूरै तयार छ ।

त्यस्तै  सबैभन्दा पहिले एउटा कचौरा पानी भर्नुस् । अब २ चम्चा समुद्री नुन र २ चम्चा बेकिंग सोडा हाल्नुस् । यी दुबैलाई तबसम्म पानीमा घोलिरहनुस् जबसम्म पानीमा पूरै घुलिँदैनन् । त्यसपछि यो पानीमा अंगूरहरू हाल्नुस् । अंगूरलाई करिब ५ मिनेटसम्म यो पानीमा भिज्न दिनुस् ।

अनि यो पानी फ्याकेर सादा पानीले सफा गर्नुस् । अंगर खानका लागि तयार भयो ।

प्रतिक्रिया