कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजदेखि, सभापति देउवाले उद्घाटन गर्ने


काठमाडौं– नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजदेखि सुरु हुँदैछ ।

पार्टी सभापति शेरबहादुर देउवाले ऐतिहासिक तिरुहुतिया गाछीमा सम्मेलनको उद्घाटन गर्ने छन् ।

धनुषाधाममा आयोजना हुने सम्मेलन आज र भोलि दुई दिन चल्ने छ ।

ऐतिहासिक तिरुहुतिया गाछीमा आयोजना हुने उद्घाटन सत्रमा ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुने बन्द सत्रमा ८ सयभन्दा बढी प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारीको उपस्थिति रहने कांग्रेसले जनाएको छ ।

प्रदेश सम्मेलन अगावै कांग्रेसले बाँकी रहेका वडादेखि जिल्ला तहसम्मको सम्मेलन गरी प्रदेश प्रतिनिधि छनोट गरिसकेको छ ।

 

प्रतिक्रिया