मधेसका मुख्यमन्त्री यादवले पाए तेस्रोपटक विश्वासको मत


काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभा बैठकमा उपस्थित १०४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए । विश्वासको मतको विपक्षमा ३५ मत परेको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावमा बहुमत सदस्यले मत दिएकाले विश्वासको मत प्राप्त भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले घोषणा गरे ।

गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन् ।

जसपाका यादव गत वर्ष पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री बनेयता यादवले तेस्रोपटक विश्वासको मत लिएका हुन् ।

 

प्रतिक्रिया