‘काण्ड’ सल्ट्याउन कि देश बनाउन मेलमिलाप ?


तत्कालिन अबस्थामा समाजवादी नेता बीपी कोइरालाले मेलमिलापको नीति लिएर आउनुको कारण राष्ट्र र राष्ट्रियता बलियो गराउने उद्देश्य थियो। देशलाई ह्रदयबाट माया गर्ने चाहे राजा हुन् या अन्य सबै मिलेर राष्ट्रलाई सुदृढ गराउनु पर्नेमा बीपी सहमत थिए । तर अहिले बीपीको मेलमिलाप नितिलाई गलत तरिकाले प्रयोग गरेको जस्तो देखिन्छ।

यति ओम्नी काण्डदेखि ललितानिवास काण्ड हुँदै भुटानी शरणार्थी काण्डहरू जस्ता दर्जनौं ठुला काण्डसम्म ठुला भनिएका दलहरू विषेशतः बीपीले निर्माण गरेको भनिएको पार्टी नेपाली कांग्रेसका नेताहरू समेतले सबै खाले व्यक्ति र प्रवृत्तिसँग हातेमालो गर्दै गर्दा कतै आजको कांग्रेस बिचलित भएर ठुला-ठुला काण्डहरू सल्टाउनलाई मात्र त मेलमिलाप गर्ने गरेको त होईन भन्ने सोच आम नेपाली जनतामा पलाएको अबस्था छ । पछिल्लो अवस्थामा त झन् बेरोजगारीदरमा अत्याधिक बृद्धि आर्थिक रूपमा देशको कमजोर अबस्था युवा जनशक्तिको पलायन स्थानीय तह र प्रदेश तहमा हुन नसकेको सुसासन बढ्दो भ्रष्टाचार र बेथिति आदी ईत्यादीले त झनै आम जनतामा चरम निरासा र आक्रोश बढ्दो रहेको छ। कामको खोजीमा हिँडेकाहरू सडकमा प्रहरीका गोली खाएर जिवन गुमाउन बाध्य छन् ।

२०१७ साल पुस १ गते बीपी कोइराला प्रधानमन्त्री भएको समयमा राजा महेन्द्रबाट बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको  विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । प्रधानमन्त्री बीपी लगायतका प्रजातान्त्रिक दलका नेताहरूलाई थुनामा परे । ८ बर्षपछि २०२५ कात्तिक १४ गते रिहाइ भएका बीपी नेपालमा प्रजातन्त्रमा विश्वास राख्ने नेता कार्यकर्तालाई गरिएका  दुर्व्यवहार र ज्यादतीका कारणले बाध्यतावश आफ्ना सहकर्मीसहित भारतमा निर्वासित जीवन बिताइरहेका थिए । त्यसको ८ वर्षपछि २०३३ साल पुस १६ गते भारतीय केहि राजनितिज्ञ र भारतीय सरकारले नेपाललाई हेर्ने नजर, गरिने ब्यबहार देश र जनताप्रतिको उत्तरदायित्वका कारण नेता गणेशमान सिंहसहित राजा र राजतन्त्रसँग विद्रोह होइन, मेलमिलाप गर्नुपर्छ भन्ने नीति लिएर देश फर्किए । त्यसै वर्षदेखि पुस १६ लाई नेपाली कांग्रेसमा आस्था राख्ने सबैले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएका हुन् ।

आम कांग्रेस कार्यकर्तालाई कांग्रेसको नीति तथा सिद्धान्तको बारेमा प्रशिक्षण दिनेदेखि सच्चा बीपीको भक्तहरू कस्तो हुने भनेर सिकाउने र त्यही बाटोमा हिँड्न लगाउनेसम्मको काम गर्न अबको कांग्रेसलाई अति जरूरी छ। त्यस्तै ऑफ्ना नेता बीपी,  प्रजातन्त्र, समाजवाद, राष्ट्रियता, मेलमिलाप आदिको बारेमा पढ्न पढाउन र बुझाउन पनि अति नै देखिन्छ। ताकि आम कार्यकर्तालाई नेपाली कांग्रेसको नेता नीति र नेतृत्वको बारेमा ज्ञान होस्।

अहिले मेलमिलाप दिवश भनेर मनाउने, लेख्ने, सम्झने, चिया पान गर्ने अनेक चलन त छ ।तर विडम्बना त यो भयो कि नेता तथा कार्यकर्ताहरुले  बिपीले अवलम्बन गरेका विचार,  सिद्धान्त र राष्ट्रिय मेलमिलाप नीतिको जोडदार प्रशंसा गर्छन् तर भाषणमा मात्र ।

यहॉ त मेलमिलापको नीति के हो? यो दिन किन मनाईन्छ भनेर होस् र हेक्का नहुनेहरू पनि बडे-बडे नेता बनेर पद र प्रतिष्ठा प्राप्त गरेका पनि छन् । अझ यहॉ त पदमा पुग्न आफ्नो अस्तित्व बुझाउन तयार हुने र ऑफ्नो स्वार्थ पुरा गर्न अरुको अस्तित्व लिनेहरूबीचको मेलमिलाप पो गज्जवको देखिन्छ त। मेलमिलापको नीति त उनीहरूवीच नाता जोडिदिने नीति पो हो कि भन्ने जस्तो लाग्ने भैसक्यो। त्यतिमात्र कहॉ हो र हिजोसम्म कांगेस बनेबापत कांगेस कार्यकर्तालाई आक्रमण गर्नसमेत पछि नपर्नेहरूले कांग्रेसको बारेमा सिकाउने बीपी र समाजवाद पढाउन अघि सर्ने पनि गर्छन्।

‘बाबुले श्राद्ध गर्दा बिरोलो बाँध्ने चलनलाई निरन्तरता दिन छोराले पनि बिरोलो बाँध्ने’ चलन गर्ने होईन कि अर्थ बुझेर अघि बढ्नु पर्ने अवस्था कांग्रेसलाई छ। चलनचल्तीको कार्यक्रम चियापान त हो गरिहालौं न भन्ने हेतुले होईन कि साँचो अर्थको मेलमिलाप गरेर कांग्रेस अब आँफु पनि सुधारिनु र अन्य दल तथा शक्तिहरूलाई पनि सुधारेर अघि बढ्नु अति आवश्यक छ।

आम कांग्रेस कार्यकर्तालाई कांग्रेसको नीति तथा सिद्धान्तको बारेमा प्रशिक्षण दिनेदेखि सच्चा बीपीको भक्तहरू कस्तो हुने भनेर सिकाउने र त्यही बाटोमा हिँड्न लगाउनेसम्मको काम गर्न अबको कांग्रेसलाई अति जरूरी छ। त्यस्तै ऑफ्ना नेता बीपी,  प्रजातन्त्र, समाजवाद, राष्ट्रियता, मेलमिलाप आदिको बारेमा पढ्न पढाउन र बुझाउन पनि अति नै देखिन्छ। ताकि आम कार्यकर्तालाई नेपाली कांग्रेसको नेता नीति र नेतृत्वको बारेमा ज्ञान होस्।

अझ अहिले त कांग्रेसका नेता कार्यकर्ता मात्र नभएर अन्य राजनीतिक दलहरूले पनि बीपीको मेलमिलाप नीतिको थोरै भएपनि अर्थ मात्र बुझेर अघि बढि दिने,  उनले सोचेको विचारलाई थोरै मात्र भएपनि पालना गरिदिने हो भने पार्टी र मुलुकका धेरै समस्या समाधान हुने थियो भन्ने धेरैको बुझाई छ।

प्रतिक्रिया