‘विदेशी श्रीमानसँग २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाँको सर्ट किन्न सकिँदैन ?’


सस्तो लोकप्रियताको लागि कति नाटक गर्छौ ? अमेरिकाको MIT university को कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैयाँ तिर्न सक्नेले एउटा ३५० रुपैयाँको सर्ट किन्न सक्दैन रे ? अनि काठमाडौंमा फेरि- फेरि गाडी चढ्ने सक्ने, एन्जीओबाट महिनाको ३ लाख तलब खान सक्नेले, साथै मन्त्रीको रुपमा करिब महिनाकै ९० हजार तलब खानसक्ने र काठमाडौंको ५ स्टार होटलमा बिदेशी श्रीमानसँग दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाँको एउटा सर्ट किन्न सकिँदैन रे ?

तिम्रो नाटक एउटाले क्यामरा बोक्ने, एउटाले च्यातिएको सर्ट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा -सोझा इलामे जनतालाई उल्लु बनाउने यो तिम्रो नाटकघर होइन ? तिमीहरु भन्दा राम्रो नाटक त धुर्मुस सुन्तलीले पनि गर्न सक्दैनन् ?

तिमीहरु यो हदसम्म जान सक्छौ भने अहिले पहिचानको मुद्दापनि बोकि टोपलेको छौ रे बरु च्यातिएको सर्ट लागाएको नाटक गर्नु भन्दा त केरा,भोर्लार्कोपता र अमलिसोको स्याउला ओडेर घरदैलो कार्यक्रम गरन इलामे जनताको पहिचान भनेर झुकाउन पनि पाइने जनाताले बिजोग भएछ भनेर मतदानसँगै कपडा दान पनि गर्नेछन् । अमेरिकामा सेकेन्ड ह्यान्ड कपडा पसल नै खोल्न पुगनेछ । तिम्रा रगरग ।

प्रतिक्रिया