एम. सर ! हाउ टु ‘फर्गट एस्ट’डे’?


काठमाडौं – नेकपा माओवादीका दोस्रो बरियताका नेता कृष्ण बहादुर महरा नेपाली राजनीतिमा शालिन एवं भद्र नेताका रुपमा मानिन्छन् । माओवादी केन्द्रबाट सभामुख जस्तो सम्माननीय पदमा समेत पुगेका महरा पटक–पटक विर्सनलायक काण्डमा पक्राउ पर्दै आएका छन् ।

यसअघि सभामुख रहेकै अवस्थामा २०७६ असोज १९ गते जबरजस्ती करणीको आरोपमा पक्राउ परेका थिए भने यसपटक सुन तस्करीको आरोपमा पक्राउ परेका छन् ।

माओवादीलाई जंगलबाट सदनसम्म ल्याउने वार्ता टोलीका संयोजक समेत रहेका महरा कुनै बेला राजनीतिक रुपमा सबै दलहरुका मान्य नेताका रुपमा स्थापित भइसकेका थिए । तर, सभामुख रहेकै अवस्थामा २०७६ सालमा आफ्नै कार्यालयकी कर्मचारीलाई उनकै निवासमा गएर करणी गरेको अभियोग लागेपछि पक्राउ गर्दै सभामुख पद समेत गुमाएका थिए ।

तर, उक्त अभियोगमा अदालतले सफाई दिएपछि करिब साढे ४ महिनाको जेल बसाईपछि फागुन ५ मा रिहा भएका थिए ।

त्यसपछि नेपाली राजनीतिमा विस्तारै फर्कँदै गरेका महरा अहिले अर्को काण्डमा पक्राउ परेका छन् । भेपमार्फत् सुन तस्करीको अभियोगमा जाँचबुझ आयोगले कारबाही गर्नुपर्ने प्रतिवेदन पेश गरेपछि पूर्व गृहमन्त्रीसमेत रहेका महरालाई यसअघि नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीत्वकालमा करणी काण्डमा परेका महरा यसपटक भने आफ्नै दलका अध्यक्ष प्रधानमन्त्री रहेको बेला पक्राउ परेका छन् ।

यसअघि महराका छोरा राहुल महरा पनि सोही प्रकरणमा थुनामा नै रहेकोमा अहिले भने बाबु महरा पनि पक्राउ परेका छन् । उनी भदौ १३ गते पक्राउ परी थुनामै रहेका छन् ।

२०७६ सालमा पक्राउ पर्दा छानबिनका क्रममा ‘एम सर’ र ‘फर्गट एस्ट’डे’ शब्दावलीबाट समेत चर्चित बनेका महराले यसपटक भने ‘रिमेम्बर एस्ट’डे’ जस्तै भएर तस्करी जस्तो गम्भीर अभियोगमा फेरि प्रहरी हिरासतमा पुगेका छन् ।

माओवादी लडाकुको रकम हिनामिना र चिनियाँ नागरिकसँग रकम मागेको आरोप समेत खेपेका महरा पछिल्लो पटक तस्करी जस्तो गम्भीर अभियोगमा पक्राउ परेसँगै उनको राजनीतिक भविष्य अब भने संकटमा देखिएको छ । यसपटकको पनि पक्राउसँगै झन् रोल्पा र दाङका मतदाताले महराको विगत कसरी बिर्सिएलान् र आगामी दिनमा राजनीतिमा अगाडि आउलान् ? भलै अदालतबाट अघिल्लो काण्डमा जस्तै सफाई पाए पनि अब आइन्दा आम मतदाताले महराको विगत बिर्सिएलान् त ? एम. सर ! हाउ टु ‘फर्गट एस्ट’डे’ ? भन्ने प्रश्न उठाउने ठाउँ यसरी पटक–पटकको काण्डपछि मतदाताले पाएका छन् ।

विशेष गरी दाङ र रोल्पालाई आफ्नो राजनीतिक क्षेत्र बनाएका महरालाई नेपाल प्रहरीले सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) मा लगेर बयानका साथै हाजिर गराइसकिएको छ । यससँगै सिआईबीले आजै जिल्ला अदालत काठमाडौं लगेर थुनाका लागि म्याद थप गर्ने समेत तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया