सर्वोच्चको आदेश कार्यान्वयनको माग गर्दै गोर्खा सैनिक सडकमा (फोटोफिचर)


काठमाडौं – गोर्खा सैनिकहरुले सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै प्रदर्शन गरेका छन् ।

राजधानीको सुन्धारामा गोर्खा सैनिकहरुले यसअघि सर्वोच्चले दिएको आदेशको कार्यान्वयनको माग गर्दै न्याय, समानता र स्वभिमानका लागि संघर्ष गरौं भन्ने नाराका साथ प्रदर्शन गरेको हो ।

अन्यायमा पर्दै आएका ब्रिटिश गोर्खा सैनिकहरूको पक्षमा २४ माघ २०७९ सालमा सर्वोच्च अदालतले गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको भन्दै प्रदर्शन गरेको हो ।

सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बिगेसोको गुनासो छ ।

प्रतिक्रिया