बागमती मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत नदिने कांग्रेसको निर्णय


हेटौंडा — बागमती मुख्यमन्त्री शालिकराम जमकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत नदिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टीका सम्पूर्ण प्रदेश सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोलि (सोमबार) विश्वासको मत लिन लिने कार्यक्रम छ । बागमतीको १ सय १० सदस्यीय प्रदेशसभामा जमकट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

प्रतिक्रिया