बागमती प्रदेशका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले विश्वासको मत दिने


काठमाडौं- नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले केन्द्रमा शीर्ष नेताहरूबीचको सहमतिअनुसार विश्वासको मत दिने भएको हो ।

नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन् ।

सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ ।

प्रदेशसभामा ११० सदस्य रहेका छन् । बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

 

प्रतिक्रिया