मुख्यमन्त्रीमा दोहोरो दाबीपछि प्रदेश प्रमुखको कार्यालय पुगिन् रुञ्जिता


कैलाली – नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी गरेपछि पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ प्रदेश प्रमुखको कार्यालयमा पुगेकी छन् ।

नाउपाका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले आइतबार फरक(फरक पार्टीको समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका छन् ।

नउपाका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस (१८) र एकीकृत समाजवादी (४) को समर्थनमा दावी पेश गरेका छन् भने नाउपाकै कैलाश चौधरीले एमाले (१०), माओवादी केन्द्र (सभामुखसहित ११) र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

सुदूरपश्चिममा नाउपाका ६ सांसद छन् । रेमश चौधरी पक्षका चार सांसदले लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेका थिए । अध्यक्ष रञ्जिताले भने कैलाशलाई अघि सारेका हुन् ।

नउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले तत्काल निर्णय नलिने भएका छन् । उनले कानुनी परामर्श गर्ने र आवश्यक परे सांसदहरुलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गर्ने बताएका छन् ।

 

प्रतिक्रिया