सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीको दाबी पेश


कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

संघीय समीकरणमा रहेका दल एमालेका १०, माओवादी केन्द्रका १०, समाजवादी चार, नागरिक उन्मुक्तीका सातमध्ये दुई जना र स्वतन्त्रका एक गरी २७ जनाको समर्थनमा मुख्यमन्त्री दाबी पेश गरिएको हो ।

प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागि दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।

प्रतिक्रिया