सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ को मृत्यु दुलाहासहित ३२ जना घाइते


चाैतारा – सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु र ३२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका -४ स्थित पिस्कर जान लागेको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको जनाइएको छ ।

त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले दुलहासहित ३२ जना घाइते भएको जनाउँदै दुर्घटनास्थलबाट उद्धारकार्य जारी रहेको बताए ।

अहिले घटनास्थलमा प्रहरी पुगिसकेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया