सिन्धुपाल्चोक दुर्घटना अपडेटः मृतकमध्ये २ जनाको सनाखत


सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ।

मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी र भीमेश्वर–१ का शिव श्रेष्ठ रहेको खुलेको छ।

दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा दुलही लिन हिँडेको बा ४ ख  ५६१६ नम्बरको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको थियो। ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा दुलहासहित ५२ जना घाइते भएका छन्।

घाइते भएका ५२ मध्ये ७ को अवस्था गम्भीर रहेको पनि जनाइएको छ । घाइतेहरुको खाडीचौर अस्पताल र अन्य स्थानीय अस्पतालहरुमा उपचार जारी छ भने गम्भीर घाइतेहरुलाई धुलिखेल र काठमाडौं ल्याउने तयारी पनि गरिएको छ ।

बस बिहान ७ बजेदेखि दुर्घटना भएको जनाइएको छ ।

 

 

प्रतिक्रिया