नेपालमा भारतीय नागरिकको अपहरणपछि हत्या


कपिलवस्तु- मायादेवी गाउँपालिका-२ मा एक भारतीय नागरिकको अपहरणपछि हत्या भएको छ । एक जनाको समूहले भारतको सिद्धार्थ जिल्ला पोखरभेटवा ग्राम पचगवा पोष्टका ४५ वर्षीय जमाल अहमदको हत्या गरेका हाे ।

घटनामा संलग्न रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए ।

जमाल अहमद मायादेवी गाउँपालिकाको पकडी चारचौडा सडक खण्डको बिजुवा पुलबाट बिहीबार दिउँसो अपहरणमा परेका थिए । आर्थिक लेनदेन तथा फिरौतीका लागि उनलाई अपहरण गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

 

प्रतिक्रिया