अंग्रेजलाई हराएको सम्झनामा मनाइयो विजय उत्सव


रुपन्देही – नेपाल-अङ्ग्रेज (इष्ट इण्डिया कम्पनी)सँगको युद्धमा जित हासिल गरेको जितगढी किल्ला बुटवलमा विजय उत्सव मनाइएको छ ।

वि।सं। १८७१(७२ मा विश्व विजयको अभियान लिएर हिँडेको आधुनिक हतियारसहितको अङ्ग्रेज फौजलाई युद्ध कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि.सं १८७२ वैशाख ७ गते पराजित गरेको थियो ।

त्यही खुसीयालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष जितगढी विजय उत्सव मनाउँदै आएको छ ।

बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी र्‍याली पुल्चोक गणेश मन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो। गणेश मन्दिर परिसरमा गोरखाबाट पैदलयात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया