बूढीगण्डकीको पीपीएका लागि सार्वजनिक सुनुवाई हुँदै


काठमाडौं –  गोरखामा निर्माणका लागि अघि बढेको ३४०.४२३ मेगावाटको बूढीगण्डकी आंशिक जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) बारे सार्वजनिक सुनुवाई हुने भएको छ ।

विद्युत् नियमन आयोगले मंगलबार विद्युत् विकास विभागको सभाहलमा सार्वजनिक सुनुवाई हुने भएको हो ।

आयोजनाको गोरखा जिल्लाको चुमनुब्री र धार्चे गाउँपालिकामा निर्माण हुनेछ । आयोजना सम्पन्न गर्न ५ हजार ५ सय ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका अधारमा आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ लाग्ने देखिएको छ ।

प्रतिक्रिया