‘धोकेबाज’ गायिका एलिना चौहान ब्वाइफ्रेन्डको भइन् [तस्बिरहरू]


काठमाडौं- गायिका एलिना चौहानले बुधबार विवाह गरेकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमी विष्णु सापकोटालाई वरमाला पहिराइन् ।

बेहुला बेहुलीको पहिरनमा ठाँटिएका उनीहरुले खुसी हुँदै औंठी साटासाट गरे ।

विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए । अहिले उक्त पार्टी प्यालेसमा विवाह समारोह चलिरहेको छ ।

चौहानले गाएको ‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो ।

तस्बिर: गोपीकृष्ण चापागाईं

प्रतिक्रिया