सलमान खानको घरबाहिर गोली चलाएको आरोपमा दुईजना पक्राउ


एजेन्सी- बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको अभियोगमा भारतमा दुईजना पक्राउ परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको अभियोगमा उनीहरूलाई प्रहरीले गुजरातको भुजबाट पक्राउ गरेको हो ।

आइतबार सलमान खानको घरबाहिर गोली चलेको थियो । त्यसपछि प्रहरीले गोली चलाउने व्यक्तिको खोजी जारी राखेको थियो ।

उनीहरुलाई मुम्बई लैजाने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया