साहित्यकार प्रकट पंगेनीको निधन


पोखरा – गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ। जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो।

स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा दिउँसो करिब साढे ३ बजेतिर निधन भएको हो ।

७० वर्षीय प्रकट पंगेनी शिव कास्कीको रूपा गाउँपालिकाका हुन्। उनका पत्नी, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया