इरानविरुद्ध इजरायलकाे जवाफी कारबाही


काठमाडौं- इजरायलले शुक्रबार बिहान इरानमाथि मिसाइल हमला गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानको इस्फाहान सहरको एयरपोर्ट नजिकै विस्फोटको आवाज सुनिएको छ । यद्यपी इजरायलले यसको पुष्टि गरेको छैन । इरानको फार्स समाचार एजेन्सीले यो जानकारी दिएको हो ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विस्फोटपछि धेरै उडानहरू इरानी एयरस्पेसबाट डाइभर्ट गरिएको छ ।

यसअघि अप्रिल १४ मा इरानले इजरायलमाथि ३ सयभन्दा बढी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । इजरायलले अमेरिका, फ्रान्स र बेलायतको सहयोगमा ९९ प्रतिशत इरानको आक्रमण रोक्न सफल भएको थियो । इरानले आक्रमण गरेपछि इजरायलले बदला लिने चेतावनी दिएको थियो ।

 

प्रतिक्रिया