जरिवानामा परे हार्दिक पाण्डेया, तिर्नुपर्ने भयो १२ लाख


काठमाडौं- आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई १२ लाख भारु जरिवाना गरिएको छ ।

गएराति सम्पन्न पञ्जाब किंग्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण कप्तान पाण्डेयलाई १२ लाख जरिवाना गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।

कप्तान पाण्डेयले निर्धारित समयभित्र आफ्नो टिमको २० ओभर बलिङ पुरा गर्न सकेका थिएनन् । अब हार्दिकले फेरि यो गल्ती दोहोराएमा उनलाई यस भन्दा ठुलो जरिवाना हुने बोर्डले जनाएको छ ।

यस सिजनमा स्लो ओभर रेटका लागि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्लीका कप्तान ऋषव पन्तलाई पनि जरिवाना भइसकेकाे छ ।

प्रतिक्रिया