त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित महिला पक्राउ


काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामद भएको छ ।

शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद भएको हो ।

भारतीय महिला सहिना प्रभिनले प्लाष्टिकभित्र राखेर कालाे टेपले बरेर उक्त सुन साथमा राखेकी थिइन् ।उनलाई समातिएको छ ।

प्रतिक्रिया