कोशी सभामुख सहमति नजिक, राप्रपाका विष्ट सभामुख बन्ने, एमालेले पनि सघाउने


विराटनगर – कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अमर विष्ट हुने निश्चित प्रायः भएको छ ।

दलहरुले सभामुखको चयन प्रक्रिया मङ्गलवार नै टुङ्ग्याउने तयारी गर्दै बैठक बसेपछि सम्भव भएसम्म सहमति र नभए प्रक्रियामा गएर भए पनि कोशी प्रदेश सभामुख चयन गर्न तयारी भएको छ ।

सभामुख चयनको विषय टुङ्गोमा पुर्‍याउने सहमति भएपछि दलहरूको बैठक बसिरहेको छ ।

कोशी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको छ । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ ।

एमालेको भर्खरै सम्पन्न बैठकले सभामुखमा राप्रपालाई सघाउने निर्णय भइसकेको छ । राप्रपाले सभामुखका लागि अमर विष्टलाई अघि सारेको छ ।

 

प्रतिक्रिया