झापा एमाले अध्यक्षमा गिरी सर्वसम्मत


झापा – नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा प्रेमबहादुर गिरी र उपाध्यक्ष पदमा शिव ढुंंगेल सर्वसम्मत चयन भएका छन् ।

शनिबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष र उपाध्यक्ष पदमा दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेलको मात्र उम्मेदवारी परेपछि दुई पदमा सर्वसम्मत भएको हो ।

चैत १५ गतेदेखि सुरु भएको जिल्ला अधिवेशनमा शुक्रबारबाट बन्दसत्र सुरु भएको थियो। सचिव पदमा पनि सर्वसम्मत गराउने पहल भइरहेको बताइएको छ । पुरुष उपसचिव पदमा असारु राजवंशी सर्वसम्मत चयन भएका छन् ।

एक महिला उपसचिवतर्फ अनिता कन्दङ्वाले उम्मेदवारी दर्ता गराएकी छन् ।

नेतृत्व चयनमा सर्वसम्मत गर्ने प्रयास भइरहेकोले आइतबार गर्ने भनिएको मतदान सोमबारलाई सारिएको छ।

प्रतिक्रिया