सगरमाथा क्षेत्र भ्रमणमा आएका कोरियन नागरिकको लडेर मृत्यु


सोलुखुम्बु – सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उनको ओलम्पिक हिमाल आरोहण गरेर फर्किदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा फागुन २८ गते लडेर ज्यान गएको हो ।

बाटोबाट चिप्लिएर लडेका ह्युनचल करिब दुई मिटर तल खसेको प्रहरीले जनाएको छ । हेलिकप्टरमार्फत उद्धार गरेर लुक्ला ल्याइएको उनको शव परीक्षणका लागि काठमाडौँको श्रेष्ठले जानकारी दिए ।

मृतक ह्युनचल फागुन २१ गते एटेक्स कम्पनीमार्फत हिमाल आरोहणका लागि खुम्बु आएको जनाइएको छ ।

प्रतिक्रिया